Section 12
कार्यकारी परिषद्को गठन
(१) विश्वविद्यालयको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ ।
(२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछः–
(क) उप–कुलपति – अध्यक्ष
(ख) डीन – सदस्य
(ग) सभाका सदस्य रहेका क्याम्पस प्रमुखहरुमध्येबाट एकजना – सदस्य
(घ) बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिका ख्यातिप्राप्त स्थानीय
विद्वानहरुमध्येबाट एकजना – सदस्य
(ङ) शिक्षकहरुमध्येबाट एकजना महिला पर्ने गरी दुईजना – सदस्य
(च रजिष्ट्रार – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (ख), (ग), (घ) र (ङ) बमोजिमका सदस्यहरुको मनोनयन उप–कुलपतिको सिफारिसमा कुलपतिले गर्नेछ ।
(४) कार्यकारी परिषद्का मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी परिषद्को कुनै मनोनीत सदस्यको काम सन्तोषजनक नदेखिएमा उप–कुलपतिको सिफारिसमा कुलपतिले निजलाई जुनसुकै बखत हटाउन सक्नेछ ।
तर यसरी हटाउनु अघि निजलाई सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।
(६) कुनै कारणले मनोनीत सदस्यको पद रिक्त हुन गएमा बा“की अवधिका लागि उपदफा (३) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(७) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
तर यस ऐन अन्तर्गत बनाउनु पर्ने नियम नबनेसम्म कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि सो परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।